ताजा समाचार

महामारीको बेला सामाजिक र आर्थिक ध्यान पु¥याउ

 समता न्युज    ११ बैशाख २०७७, बिहीबार १०:२२     438 जनाले पढ़िसके

नेपालले महामारीमा सामाजिक र आर्थिक ध्यान पु¥याउ
विश्वभर फैलिएको कोभिड १९  महामारीको कारण मृत्यु हुने र संक्रमित हुने क्रम बढेसँगै नेपालमा पनि यसको असर प्रत्क्षय रुपमा आर्थिक–सामाजिक दैनिक जिवनयापनमा समस्या बढने विकराल खतरा देखिन्छ । विश्वमा अर्थतन्त्र र शक्तिशाली अमेरिकामा, चिन, वेलायत जस्ता देशले करोडै मानिस यतिबेला रोजगारी गुमाउनु परेकोे समाचार आइरहेका छन् । युरोपका शक्तिशाली अर्थतन्त्र भएका बेलायत, फ्रान्स, जर्मन, स्पेन लगायतका मुलुकहरूको हालत त्यो भन्दा पनि डरलाग्दो देखिन्छ । कोभिड १९ अन्त्य कहिले र कस्तो रूपमा होला भन्ने कुनै टुङ्गो छैन् । हाल सम्म २६,३९,०२६संक्रमण १,८४,२६३ मृत्यु ७,२२,१७१ निको भएर फरकिएका छन । कोरोनाले भईरहेको मृत्यु र रोगको संक्रमणबाट थप मानिसहरूलाई बचाउन र संक्रमण फैलन नदिनको लागि विश्वका सबैजसो मुलुकहरूले बाध्यतात्मक अस्त्रको रुपमा प्रयोग गरेको लकडाउनले अर्थतन्त्र र सामाजिक अवस्था समेत ध्वस्त बन्दैछ ।
आर्थिक–सामाजिक समस्या र नेपाल
विश्वभर फैलिएको कोभिड १९ ९ऋइख्क्ष्म्(ज्ञढ०महामारीको हामा्रे जस्तो विकाशाउन्मुख देश समग्र अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसका कारण सबै प्रकारका व्यापार, व्यवसाय र क्षेत्र तहस–नहस बन्दैछन् । करोडौं मानिस एकैपटक वेरोजगार बन्ने हुँदा तीनलाई दैनिक गुजारा गर्न कठीन हुने स्थिति बन्दैछ । औद्योगिक र विकसित मुलुकहरूमा हुने आर्थिक समस्याको विश्वव्यापी असर पर्ने हुन्छ । फेरि यो बेला भनेको कुनै एक मुलुकमा मात्र नभएर पूरै विश्वको अर्थतन्त्र धरासायी बन्ने पक्का देखिन्छ । परनिर्भर खालको हाम्रो अर्थतन्त्र भएको कारण हामीलाई बढी नै असर पर्ने पक्का भयो । हाम्रा अर्थतन्त्रका प्रमुख आधार मानिने पहिलो रेमिट्यान्स हो । दोस्रो पर्यटन क्षेत्र र व्यवसाय हो । अर्काे वैदेशिक सहयोग हो । यस्तो अवस्थामा हाम्रा ती सबै स्रोत नै सुक्यो र थप सुक्ने अवस्था छ । विदेशबाट आउने रेमिट्यान्सको वदला अब हामीले नै विदेशमा पैसा पठाउनु पर्ने खालको स्थिति रहेको छ । २०२० पर्यटन बर्ष भन्दै हामीले पर्यटन उद्योगबाट बढी आशा गरेका थियौँ तर अब त्यो सबै सम्भावना रहेन । वैदेशिक सहयोग, वैदेशिक ऋण तथा अनुदान आदिको सम्भावना पनि अन्यन्त न्यून रहेको अवस्था बन्यो । कोरोनाको यस्तो विश्वव्यापी असर र प्रभावले हाम्रो आर्थिक तथा सामाजिक क्रियाकलापमा सिधै असर पर्नेछ । रोजगारी, व्यापार, सेवा, उद्योग, शिक्षा जस्ता प्रमुख क्षेत्र र विषयमा परेको असरबाट अन्य क्षेत्रमा त्यसको चक्रीय असर (ऋज्ब्क्ष्ल् भ्ँँभ्ऋत् ) ले नराम्रोसँग आर्थिक–सामाजिक अवस्था विग्रने सम्भावना देखिई सकेको छ ।
लक डाउनको बेलामा गाउँगउँमा कामिले के गर्ने । ?
बिश्व भर कोरोनाको औषधी पत्ता लागि नसाकेको हुनाले महामारीबाट जोगिन र कम असर पार्नको लागि विश्वका सबैजसो मुलुकहरूले अपनाएको लकडाउन समस्या समाधान गर्ने उत्तम उपाय भएपनि आर्थिक–सामाजिक क्रियालाई ध्वस्त पार्न यो मूल समस्या बन्दै गएको छ । अब लक डाउन नै कहिले सम्म गर्ने त भन्ने सवाल पनि उठेको छ । महिनौं लकडाउन गरेर हामीले हाम्रा आर्थिक–सामाजिक दैनिकी कसरी धान्न सक्दछौं ? यो गम्भीर सवाल हो । लक डाउन जुन हामीले थोक (होलसेलमा) गरी रहेका छौं यो पनि सच्चाउनु पर्ने अवस्था बन्दैछ । सबै क्षेत्र, पेशा, व्यापार, भूभाग, समाज, स्थानमा एकै खालको सोलोडोलो लकडाउन सही कि लगत ? भन्ने सवाल पनि उठेको छ । कतिपय क्षेत्र, स्थान, पेशा, उद्योग आदिलाई निश्चित शर्त र मापदण्डका आधारमा संचालनको अनुमति दिनु पर्ने देखिन्छ । सबै कुरा बन्द भन्दा वा गर्दा त्यो मुलुकले धान्दैन । जनता र नागरिकले धान्न सक्दैनन् । मुलुकको अर्थतन्त्रले धान्दैन । बस्तु तथा सेवाको आपूर्ति तथा मागले धान्दैन । यतिसम्म कि न्यूनतम खाना–पानी, तरकारी, नुन–तेल जस्ता वस्तुको आपूर्तिकै संकटको अवस्था बन्न सक्दछ । यसैले अब अवस्था, आवश्यकता, स्थिति सबैलाई विचार गरी लकडाउन खुकुलो पार्ने र निश्चित शर्तका आधारमा निश्चित क्षेत्र, पेशा वा व्यवसायलाई खुलाउनुको विकल्प छैन् । जस्कारण यत्तिबेला निम्क कुरामा ध्यान दिन जरुरत देखिन्छ ।
 स्थानिय निकायमा रहेको स्वरोजगार कार्यक्रम अन्र्तरगत गाउँगाउँमा रहेका युवाहरुलाइ तालिमको प्रवन्ध मिलाई विकास निमार्णको काममा लगाउने ।
 कृषकका लागि यस समय महत्वपुर्ण भएको कृिष क्षेत्रमा आत्मनिरभर बनाउन बहुबर्से प्रजातिका बोट बिरुवा, निजि, सार्वजनिक स्थल, घर आँगनमा वृक्षारोपण गर्ने ।
 दिनमा एक घण्टा सामाजिक कार्यमा लागै र आफ्नो टोल वरपर सफा सुन्दर बनाउन जुटौ ।
 घरभित्रै गर्न सकिने कामहरुको बिकासको तालिमको प्रवन्ध गर्ने ।
 देश–विदेशको अनुभव र पाठबाट सिक्दै गाउँगाउँमा आर्थिक–सामाजिक विकास गर्ने ।
जस्को कारणले हामीले पनि देश–विदेशको अनुभव र पाठबाट सिक्दै आफूलाई अघि बढाउनै पर्ने हुन्छ । विश्वमा आएको असर र प्रभावबाट हामीलाई पर्ने चोट कम गर्ने भनेको हामी आफैले हो । हाम्रै आफ्नै साधन र स्रोतबाट संचालित हुने र हुन सक्ने कृषिजन्य उद्योग, आन्तरिक व्यापार, श्रम र सीपको बढी प्रयोग गर्नु पर्ने अवस्था छ । बाटोमा दुध पोखिरहेका हामीहरूले गराएको लकडाउनबाट सामान्य कृषक, मजदुर र गरीबलाई कति पीडा परेको होला सहजै अनुमान गर्न सकिन्छ । यसर्थ केही क्षेत्र, स्थान र विषयमा लकडाउन खुकुलो पार्नै पर्दछ । होलसेल र सोलोडोलो तथा महिनौंको लकडाउनले हाम्रा आर्थिक–सामाजिक व्यवस्था थप जटिल र ध्वस्त बन्नेतर्फ जोगाउन आजैबाट ध्यान पु¥याउन जरुरत देखिन्छ ।
लेखक
माधब ढकाल
नेकपा रामेछाप नगर कमिटिका
सचिवालय सदस्य हुन ।