ताजा समाचार

मध्य रातमा तिम्रो तस्विरसँग म

 समता न्युज    ३१ जेष्ठ २०७७, शनिबार ०४:४५     931 जनाले पढ़िसके

जीवनको राजमार्गमा धेरै साथीहरु सँगसँगै हिँडियो, धेरैसंँग अझै पनि यात्रारत छु । केहि हिँड्दाहिड्दै कुनै मोडमा छुटे, सँगै हिँड्न आशामा एकछिन कुरेँ तर कोही हराएर, कोही छुटे , कोही अर्कै बाटो लागे, कोही बीच बाटोमा जोडिन आए । हित्त चित्त र मन मिल्ने साथीहरुले खोजे होलान् मलाई । तर त्यो आँधिहुरिमय र भिडभाडको समयमा मैले वा तिनीहरुले चाहेर पनि हाम्रो भेट हुन सकेन ।
म आज पनि झलझल सम्झन्छु सायद कहि कतै तिनीहरु पनि छन् भने मलाई याद गर्दै होलान् । यात्राको दौरानमा त्यस्ता पनि साथीहरु थिए, एउटै पथमा हिड्दाहिड्दै नजानिदो हिसावले चटक्कै मेरा हात छाडेर अर्कौ पथ तिर लागे । कतिपय जो इमान, जमान र निस्वार्थ देश भक्ति भएका थिए ती सदाका लागी अस्ताए । जसले मेरो हात चटक्क छाडेका थिए एक पटक तिनीहरुसँग जीन्दगीको कुनै फराकिलो पटाङ्गिनीमा भेट्ने रहर पलाएको छ ।
किन किन म दिउसोदेखि नै बेचैन थिएँ, मौसममा परिर्वतन भएर हो वा के हो शरिर पनि गलेर लथ्रक्क भएको थियो । शरिरमा चिट्चिट पसिना निरन्तर बगि नै रहेको थियो । पसिनाले कपडा लफक्क भिजेको थियो । केही काम गर्ने जाँगर थिएन । कति बेला विस्तारामा पल्टनु जस्तै भएको थियो ।
घर भित्र छिर्ने वित्तिकै फ्यात्त व्याग भुईँमा राखेँ । कोठामा गएरए र विस्तारामा पल्टिएँ । भित्तामा झुन्डयाएको तिम्रो तस्विरमा मेरो आखा पुगेछ । धेरै बेर हेरिरहेँ । भित्ताको तिम्रो तस्विर हेर्न समेत नसक्ने गरी आँखा बिरामी परेको थियो । केहि दिनदेखि दायाँ आखाँमा रगत जमेको थियो ।आखाँमा कता कता जालो लागेको जस्तो भएको थियो ।
कसै गर्दा पनि मनले पटक्कै मानेन सिरानिमा राखेको तिम्रो पुरानो फोटो निकालेँ । तर त्यो फोटोमा झट्ट हेर्दा तिम्रो अनुहार बुझिने खालको थिएन । मलाई त्यो कुराले मनामा कता कता हिजोको दिनको यादले सतायो । तिम्रो फोटोे पनि मेरा लागि दुर्लभ नै भएको थियो । त्यो फोटोे सिन्धुपालचोक जिल्लाको कुनै गाउँमा शुनसना वस्ति खिचेजस्तो लग्छ । मलाई थाहा छैन कताबाटे तिम्रो तस्विर मेरो साथमा आयो रु निक्कै बेर अनुमान लगाउँन खोजेँ तर मेरो बुताले भ्याएन । खयर जो भए पनि, जस्तो भए पनि ,जुन ठाउँको भए पनि त्यो तस्विर केवल तिम्रो थियो ।
कहिले काहीँ मनमा सहिनसक्नु पीडा हुन्छ । पोख्ने ठाउँ छैन । कहिले अरुको सामु हासोर पचाउँछु , कहिले युद्धको नियम सम्झेर पचाउँछु त कहिले म आफूलाई अरुको स्थानमा राखे हेर्छु र पीडामा पीडा मिसाउँछु । अनि निष्कर्षमा पुग्छु पीडाको अर्को नाम संघर्ष हो ।
भिजेका आखाँका परेली सुम्सुमाउँदै तिम्रो तस्विरलाई मेरो छातिको वायाँ पटि टास्दै मैले पीडा सहनुको अर्थ खोज्छु । अनि तिम्रो मृत्यु र वलिदानको महत्व खोज्छु । साम्यवाद हुँदै समाजवादकोे सपना सम्झनछु र आजको सच्चाई हेर्छु ।
प्रश्न गर्न मन लाग्छ वलिदान साच्चै न्यायको लागि, समानताको लागि, वर्ग विहीन समाज निमार्णको लागि वा आफू निभेर अरुको उज्यालोको लागि रु
आफू जिउँदै हुदाँहँुदै आफ्नै शरीरबाट आमुल परिवर्तनको आर्दशमा रगत बगेको , समान अधिकार र न्यायको लागी घरबार नाता गोता स्टमित्र सबैलाई पर राखेर पसिनाको धारा बगाएको, भोकै पेट, खाली खुट्टा र अनिदा रातको त कुरा नगरौ, युवा जोश र नयाँ नेतृत्वलाई क्रियाशिल राजनीतिमा ती सबै दिवास्प्न थिए त रु
तिम्रो मृत तस्विरको आखाँमा सजिएको साम्यवाद र समाजवादको दृष्य यही थियो त रु तिमी मरेर माटोमा विलाउँदा पनि माटो माथी पाइला टेक्नेको व्यावहार आज पनि उस्तै छ । व्यवहार सुध्रिएको छैन बरु झन् विग्रिएको छ । सामन्तवादको नयाँ सिराबाट खुुलाम खुल्ला जन्म भएको संसदीय व्यावस्थासँगै अवसरवादको जन्म भएको छ ।
यहाँ यो नाङ्गो चरित्र आखाँले देख्दा म र मेरा सहयोद्धा जो आज पनि यो चरित्रमा वाक्क छन् । तिमी र तिम्रा सहयोद्धा जो माटोमा विलाएर जीवनको आज पनि यो दिवा सपनामा आफ्नो आर्दशको रातो धोजा खोज्दे होलान । अब त ती पनि वाक्क होलान् रु
राजनीतिकाट सुरु भएको जविन आज थोरै बुझ्न सक्ने भए जस्तो लाग्छ । यो अवस्थामा आइपुग्दा राजनिितको नाममा सिर्जना भएको कुख्यात अवसरवाद, सैयौँ पुस्तासम्म पनि यसको अवशेष नष्ट हुने कुनै सम्भावना देखिदैन । सानो स्वार्थको लागी कतिपय कलङ्कित मानवले विषादिको प्रयोग गरेर नागरिकको जीवन चौपट पारेको जस्तै गरी पारिवर्तको नाम र नारामा, माक्र्सवादको सिद्धान्तको वलियो शैद्धान्तिक औजार लिएर, जनताको घरमा बास बसेर, तिनै जनताको गाँस खाएर, तिनै जनताले मायाँ गरेर वा गाली गरेर दिएको वस्त्र लगाएर उज्यालो संसार देख्ने आशामा सम्पूर्ण हतियारले सजिएको शाही नेपाली सेना ,पुलिस र सस्त्र मात्रै होइन राज्यको कुनै पनि शक्तिसँग नझुकि खालि हात ,आधा पेट अनि आफैलाई पुर्ने बेल्चा, कोदालो, मर्दा वा धाइते हुदाँ बोक्नो बाँस, स्टेचर अनि पिठ्युँमा बोराको वा अन्यको थैलोमा सामल,पिठो ,चिउरा वा मकैको सातु बोकेर रणमैदानमा नै मरेका ,युद्ध मैदानमा नै गोली लागेर धाइते भएर पानि पानी भन्दै, मलाई बचाउ बचाउ, मेरा घरमा आमा बुबासँग भेट्ने मन छ भन्दा भन्दै शास गएका केहि दुश्मनको घोरामा परेर अ‍ैया अ‍ैया भन्दाभन्दै मृत्यु भएका। इतिहास साँक्षि छन् ।
हिजो रोल्पामा एउटा सहिद हुदाँ सिन्धुलीमा अर्काको मन रुन्थ्यो । उसको नाममा ओझपूर्ण श्रद्धाञ्जली र सलामी बाँचेकाले दिन्थे । पूर्वको नेताले पश्चिमको सहयोद्धा ढलेको खबर पाउँदा आफनो टोलिलाई श्रद्धाञ्जलीको लागी आदेश गर्दथे । अर्को मोर्चाबाट बदला लिने प्रतिवद्धता कायम हुन्थ्यो । एउटा सहिद परिवारको घरमा पुग्दा आफ्नो पनको महशुस हन्थो । आज म जस्तै थुप्रै विधवा भएका छन् । तिमी जस्ता थुप्र यो देश परिवर्तका खातिर मेरोका छन् । थुप्रै टुहुरा भएका छन् । तर के साँचै तिनको आत्माले यो व्यावस्थाको केहि अनुभुक्ति गर्न पाएका छन् त रु अफनो छोरा मरेकोमा गर्व गरेका छन् त रु अनि ती मारिएका र वेपत्ता भएका परिवारको आगनमा हाम्रा नेताका पाइला परेका छन् त रु
हिजो त्यो युद्धमा पहिलो घेरामा लडने बहादर युद्ध कौसल योद्धा होइन आर्थिक कौशल योद्धाको बढि बिगबिग छ । सामाजिक सञ्जाल मार्फत तिम्रो जन्मको भए नभएका मिठा ,चिप्ला र दर्जा अनुसारको शब्द खेजोर बनाई बनाई करोडौ शुभकामना उन्नती र प्रगतिको कामना गरिन्छ , शुभ विवाहको सफल जीवनको असिम शुभकामना ,विवाह गरेको वर्षको पनि शुभकामना , सन्तान लाभ भएकोमा पनि शुभकामना ।
तिमीले युद्ध मैदानमा जीवन चढाएको दिनको सम्झनामा तिम्रा नेता कसैले पनि तिम्रो नाममा श्रादाञ्जलीका शब्द पोखेनन् । नाचेर गाएर कसले पदक पायो, उसको बधाईमा महामहिमहरु तल्लिन थिए । यहाँ मृत्यूमा वर्ग विभेद छ । तिम्रो हैसियत उहाँहरुको महान शब्द खर्च गर्ने लाएकको भएनछ । तिमी मरेको केवल मेरा लागि मात्र रहेछौ र तिमीले कमाएका केहि आफन्तजन र साथीभाइको लागि मात्र ।
मलाई माफगर, ३ वर्ष पहिला देखि नै यो कुरा मन गुम्सिएको थियो । आज त्यो कुरा बाहिर ल्याए । म तिम्रो मैलो फोटोलाई चुम्मन गरेर प्रत्यक रात सुत्ने बेलामा एक पटक तिमीले दिएको मायाँको याद गर्दछु । आज एलै भए पनि तिम्रो तस्विरसँग एकान्तमा गुनगुनाउछु । तिमीले ज्युँदो हुँदा दिएको मायाँले छुट्टीएको कयौ समय हुदाँ पनि आन्नदको अर्को स्पर्सले भिजेको छु । हरेक रात तिमीसँग सिरानीमा टाउको राखेर मस्त निदाएर भोली उज्यालो हेर्ने आशामा निदाएको छु ।
लेखिका सहिद विजयकुमार न्यौपानेकी पत्नी हुनुहुन्छ ।