ताजा समाचार

कोरोनाको प्रभाव : अझै खुलेन् सिनमा हाल

 समता न्युज    १९ मंसिर २०७७, शुक्रबार १४:४०     116 जनाले पढ़िसके

काठमान्डौँ । कोरोना भाइरस संक्रमण रोकथामको लागि बन्द भएका सिनेमा हल अझै खुलेका छैन् । २०७६ चैत पहिलो सातबाट बन्द भएका सिनेमा हाल सम्म पनि खुल्न सकेको छैन । आठ महिनादेखि सिनेमा हललगायत फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौंको घाटा भएको फिल्मी कर्मिले बताएका छन् ।
चलचित्र विकास बोर्डसँगै फिल्म सम्बद्ध विभिन्न संस्थाहरुले लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन् । केही दिन अगाडि ६ वटा संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । तर, सरकारले भने अझै १५ दिन सिनेमा हल नखोल्ने भएको छ ।
सिनेमा हल अझै १५ दिन सिनेमा हल नखुल्ने भएपछि फिल्मकर्मीहरु आक्रोशित भएका छन् । निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले अब आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अबको विकल्प कि आन्दोलनको तयारी गर । कि त पेशा, व्यवसायबाट विस्थापित हौं ।’ सरकारल फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको उनको आरोप छ ।