ताजा समाचार

रामेछापमा २९९ औँ पृथ्वी जयन्ती मनाइयो

 समता न्युज    २७ पुष २०७७, सोमबार १५:१९     74 जनाले पढ़िसके

रामेछाप । रामेछापमा पनि पृथ्बी जयन्ती तथा राष्टिय एकता दिवश मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रामेछापले २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।
राप्रपाले सडक ¥यालीसहित निकालेर सदरमुकाम मन्थलीमा सोमाबार एक कार्यक्रमको आयोजना गरी पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरेर यस वर्षको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।
¥यालीमा सहभागी नेता तथा कार्यकर्ताहरुले राष्ट्रि«य एकता जिन्दावाद, श्री ५ पृथ्वी नारायण शाह अमर रहून्, सम्पूर्ण नेपालीको जय होस् लगायतका नाराहरु लगाएका थिए । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य लालध्वज लामा, सरस्वती श्रेष्ठ, दिनेश कार्की र जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्रपा रामेछाप जिल्ला कमिटीका अध्यक्षद्वय रामचन्द्र कंडेल र भरत वाइवा दुवै जनाको सहभागिता रहेको भएपनि अध्यक्ष कंडेलको अध्यक्षतामा कार्यक्रम भएका थियो । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ ।
उहाँले त्यसबेला बाइसे, चौबीसे लगायतका धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नु भएको थियो । यही योगदानको कदर गर्दै पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको हो । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । तर, नागरिक स्तरबाट भने अझैँ पनि राष्ट्रिय एकता दिवसलाई निकै महत्वका साथ मनाउने गरिन्छ ।