ताजा समाचार

लक्षित वर्गका लागि लोकसेवा तयारी कक्षा सन्चालन गदैँ मन्थली नगरपालीका

 समता न्युज    ३० माघ २०७७, शुक्रबार १५:३८     89 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालीकाले लक्षित बर्गको लागि लोक सेवा तयारी कक्षा सन्चालन गर्ने भएको छ । पालीकाले नगरपालिका भित्रका लक्षित बर्गको लागि १५ दिन सम्म लोक सेवाको तयारी कक्षा सन्चालन गर्न लागेको हो ।
बिहिबार नगरपालीकाले सुचना जारी गरे पालिका भित्र हरेका दलित, आदिवासी जनजाति, र अन्य महिलाहरुको कक्षा सन्चालन गर्न लागेको जनाकारी गराएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नायव सुब्बार खरिदार (सहायक स्तर पाचौंर सहायक स्तर चौथो) तहको लोक सेवा आयोग तयारी कक्षा संचालन गर्न लागिएको जारी सुचनामा उल्लेख गरिएको छ ।
सुचना जारी भएको मितिले एक हप्ता भित्र आवेदन दिन सक्ने नागरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरेको छ । भने लोकसेवा तयारी कक्षामा सहभागि हुन कम्तीमा प्रमाणपत्र तह उत्रिण गरेको हुनु पर्ने छ भने १८ देखि ३५ बर्ष नगाघेको हुने पर्ने उल्लेख गरिएको छ ।