ताजा समाचार

प्रतिबन्धित विप्लब समुह र सरकार बिच वार्ता हुने संकेत

 समता न्युज    ८ फाल्गुन २०७७, शनिबार १८:३१     158 जनाले पढ़िसके

रामेछाप । प्रतिबन्धित विप्लब समुह र नेपाल सरकार बिच वार्ता हुने संकेत देखिएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटि बिप्लब समुहले प्रेस बिज्ञप्ति जारी गदैँ आफुहरु सरकार संग बार्ता गर्न तयार रहेको जनाएको हो ।
पाटिका माहासचिब नेत्र बिक्रम चन्दले हस्ताक्षर गरेको सो बिज्ञप्तिमा सरकारले सार्वजनिक रुपमा राजनीतिक गतिविधि गर्न सक्ने अवस्थाको सिर्जना गरेमा सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् ।
बिप्लब समुह माथि सरकारले विगत दुई वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।