ताजा समाचार

एक जना स्वास्थ्यकर्मी सहित रामेछापका थप ५४ जनाको स्वाब सङ्कलन

 समता न्युज    २ चैत्र २०७७, सोमबार १७:५७     147 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप ५४ जनाको स्वाब सङ्कलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार एक जना स्वास्थ्य कर्मी सहित सोमबार थप ५४ जनाको स्वाब सङ्कलन गरिएको हो । संकलन गरीएको स्वाब परिक्षणको लागि प्रदेशिक ल्याप धुलिखेल पठाइएको कार्यलयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार उमाकुण्ड गाउँपालिकाका ५१ जना ,जिल्ला अस्पतालमा एक जना र मन्थली नगरपालिकाका दुई जनाको स्वाब सङ्कलन गरिएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक भुवन थापाले जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी , दुई जना अदालतमा पेस हुने थुनुवा र उमाकुण्ड गाउँपालिकाका सङकास्पद ५१ जनाको स्वाब सङ्कलन गरिएको हो ।
रामेछापमा दुई हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा २२३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमित मध्ये २२१ जना कोरोना मुक्त भएका छन् भने दुई जना सक्रिय सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।