ताजा समाचार

सोमबार रामेछापका थप १ सय ८० जनामा कोरोना सङ्क्रमणको पुष्टि

 समता न्युज    १० जेष्ठ २०७८, सोमबार १५:५८     181 जनाले पढ़िसके

रामेछाप । सोमबार रामेछापका एक सय ८० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका स्वाब परीक्षण गर्दा एक सय ५५ जना र एन्टिजिन परीक्षण गर्दा २५ जनामा कोरोना सङ्क्रमण भएको हो ।
सोमबार सङ्क्रमण पुष्टि हुनेमा रामेछापको मन्थली नगरपालिकाका ६९ जना,लिखुतामाकोसि गाउँपालिकामा ४३ जना, दोरम्बा गाउँपालिकाका ४५ जना, सुनपाति गाउँपालिकामा २१ जना र उमाकुण्ड गाउँपालिकाका २ जनामा कोरोना सङ्क्रमण भएको हो ।
यो सँगै रामेछापमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २५ पुगेको छ । जस मध्ये हाल सम्म ३ सय २७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्ति अनुसार रामेछापमा ४ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमा ४ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।