ताजा समाचार

रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १ हजार नाध्यो

 समता न्युज    १२ जेष्ठ २०७८, बुधबार १५:४९     117 जनाले पढ़िसके

रामेछाप । रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या एक हजार नागेको छ । पछिल्लो २४ घण्टामा रामेछापमा ९६ जनामा कोरोना सङ्क्रमण थपिए सँगै रामेछापमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १६ पुगेको हो ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार आज रामेछापको रामेछाप नगरपालिकाका ८ जना, दोरम्बा गाउँपालिकाका ७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । भने जिल्ला अस्पतालमा ४ जना, उमाकुण्ड गाउँपालिकामा ९ जना, खाडादेबि गाउँपालिकामा १ जना प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका एक जना र तामाकोसी अस्पतालका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार आज थप भएका सँगै रामेछापमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको छ भने हाल सम्म रामेछापमा ४ सय ८७ जना कोरोना सङ्क्रमित कोरोना मुक्त भएका छन् । रामेछापमा कोरोना सङ्क्रमणका कारण हाल सम्म ६ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।