ताजा समाचार

रामेछापमा जारी निषेधाज्ञ थप : अत्यावश्यक सेवा सन्चालन समय अवधि थपियो

 समता न्युज    २६ जेष्ठ २०७८, बुधबार १२:१२     96 जनाले पढ़िसके

रामेछाप । रामेछापमा जारी निषेधाज्ञा असार २ गते सम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा जेष्ठ २५ गते बसेको बैठकले थप एक हप्ता निषेधाज्ञा जारी राख्ने निणर्य गरेको हो ।
रामेछापमा समुदाय स्तरमै कोरोना संक्रमण तिब्र रुपमा फैलिएकाले जोखिमलाई न्यूनीकरणको लागि निषेधाज्ञा थप गरीएको जारी सुचनामा उल्लेख छ । जारी सुचनमा बैङ्क, सहकारी तथा वित्तीय संस्थाहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरी हप्तामा ३ दिन विहान १०ः०० बजेदेखि ०२ः०० बजेसम्म खोल्ने निणर्य भएको छ ।
भने खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प, निर्माण सामग्री विक्री वितरण गर्ने पसलहरु लगायतका अत्यावश्यक सेवाका पसलहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णपालना गरी विहान ०५ः००–०९ः०० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।