ताजा समाचार

बुधवार रामेछापका एक सय ७३ जना कोरोना संक्रमित कोरोना मुक्त

 समता न्युज    २६ जेष्ठ २०७८, बुधबार १४:०६     116 जनाले पढ़िसके

रामेछाप । बुधवार रामेछापका एक सय ७३ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यो सहित रामेछापका १२ सय ३७ जना कोरोना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बुधवार डिस्चार्ज हुनेमा रामेछाप अस्पतालका २ जना, रामेछाप नगरपालिकाका ११ जना,उमाकुण्ड गाउँपालिकाका १२ जना, खाडादेबि गाउँपालिकाका ३ जना, दोरम्बा गाउँपालिकाका २० जना, लिखुतामाकोसि गाउँपालिकाका ३ जना, सुनपाति गाउँपालिकाका १ सय १९ जना र तामाकोसि अस्पतालका ३ जना रहेका छन् ।
त्यस्तै रामेछापमा बुधवार थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापको अनुसार रामेछाप अस्पतालमा ३ जना, मन्थली नगरपालिकामा १२ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा ३ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखुतामाकोसि गाउँपालिकामा ६ जना र सुनपाति गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सहित रामेछापमा हाल सम्म १७ सय ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल जिल्लामा ४ सय ५३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।