ताजा समाचार

रामेछापमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु : मृतकको सङ्ख्या १५ पुग्यो

 समता न्युज    २७ जेष्ठ २०७८, बिहीबार १४:५१     73 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै रामेछापमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
मृत्यु हुनेमा मन्थली नगरपालिका १ का ८७ वर्षका पुरुष रहेका छन् । उनको उपचारको क्रममा बुधवार ओम अस्पतालमा निधन भएको थियो । भने त्यस्तै कोरोना सङ्क्रमणबाट रामेछाप नगरपालिका ८ का ७८ वर्ष पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहिबार जिल्लम रामेछाप अस्पतालमा मृत्यु भएको छ ।